२०८३, कार्तिक ११ गते

  • कर्पोरेट
  • मंगलबारपनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ...

मंगलबारपनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

मंगलबारपनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

images
मंगलवार, कार्तिक ११ २०८३१०:५९
मंगलवार, कार्तिक ११ २०८३१०:५९
  • images

    काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । सोमबार बढेको सुनको मूल्यले मंगलबार पनि निरन्तरता पाएको हो । 

    नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार मंगलबार सुन प्रतितोला ८ सय रुपैयाँले बढेको हो । योसँगै मंगलबार छापावाल सुनको मूल्य २ लाख ८२ हजार ३०० रुपैयाँ कायम भएको छ । 

    सोमबार ३ हजार रुपैयाँले बढेर सुनको मूल्य २ लाख ८१ हजार ५०० रुपैयाँ थियो भने आइतबार छापावाल सुनको मूल्य तोलामा ११ हजार ७०० रुपैयाँले घटेर २ लाख ७८ हजार ५०० रुपैयाँमा थियो ।

    मंगलबार चाँदीको मूल्य २५ रुपैयाँले घटेर ३ लाख ९५५ रुपैयाँमा झरेको महासंघले जनाएको छ । सोमबार चाँदीको मूल्य ४० रुपैयाँले बढेर ३ हजार ९९५ रुपैयाँ थियो । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend