२०८३, कार्तिक ५ गते

images
  • समाचार
  • पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली क्षेत्रमा...

पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

images
सीएनएन खबर
बुधवार, कार्तिक ५ २०८३०७:१९
सीएनएन खबर
बुधवार, कार्तिक ५ २०८३०७:१९
  • images

    काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका हिमाली र पहाडी भू–भागमा आंशिक बादल लागेको छ भने तराई भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।

    बुधबार दिउँसो देशको हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ तथा तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । देशको हिमाली भू–भाग तथा कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

    राति कोशी र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ । देशका बाँकी हिमाली र पहाडी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । तराई भू–भागमा बिहानपख केही स्थानमा हुस्सु/कुहिरो लाग्नेछ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend