काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेको छ।
त्रिवि क्रिकेट मैदानमा केहीबेरपछि सुरु हुने खेलमा टस जितेको लुम्बिनीले सुदूरपश्चिम रोयल्सविरुद्ध पहिले बलिङ गर्ने निर्णय गरेको छ।
तेस्रो सिजनको पहिलो खेलमा लुम्बिनी र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुँदैछ।

