२०८३, कार्तिक ११ गते

डलर, युरो र पाउन्डको विनिमय दर स्थिर, यस्तो छ आजको दररेट

डलर, युरो र पाउन्डको विनिमय दर स्थिर, यस्तो छ आजको दररेट

images
आइतवार, कार्तिक ९ २०८३०७:५३
आइतवार, कार्तिक ९ २०८३०७:५३
  • images

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्रा विनिमय दर स्थिर रहेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर, युरोपियन युरो र पाउन्ड स्टर्लिङसहित प्रमुख विदेशी मुद्राको विनिमय दरमा परिवर्तन भएको छैन।

    आज अमेरिकी डलर एकको खरिद दर १५१ रुपैयाँ ६१ पैसा र बिक्री दर १५२ रुपैयाँ २१ पैसा कायम छ। त्यस्तै, युरोपियन युरो एकको खरिद दर १६९ रुपैयाँ ८० पैसा र बिक्री दर १७० रुपैयाँ ४७ पैसा रहेको छ।

    राष्ट्र बैंकका अनुसार पाउन्ड स्टर्लिङ एकको खरिद दर २०२ रुपैयाँ ८८ पैसा र बिक्री दर २०३ रुपैयाँ ६८ पैसा कायम भएको छ। आज पनि यी मुद्राको विनिमय दर अघिल्लो दिनकै कायम गरिएको हो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend