२०८३, कार्तिक ११ गते

  • खेलकुद
  • सिद्धार्थ बैंक एनपीएल आजदेखि सुरु हुँदै,...

सिद्धार्थ बैंक एनपीएल आजदेखि सुरु हुँदै, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

सिद्धार्थ बैंक एनपीएल आजदेखि सुरु हुँदै, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

images
सोमवार, कार्तिक १० २०८३०७:०५
सोमवार, कार्तिक १० २०८३०७:०५
  • images

    काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुँदैछ ।

    नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा सञ्चालन हुन लागेको प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स आमनेसामने हुन लागेको हो ।

    यी दुई टोलीबीचको प्रतिस्पर्धा आज साँझ ५ बजे सुरु हुनेछ ।

    क्यानले हिजो आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको हो ।

    काठमाडौंको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुने प्रतियोगितामा आठ फ्रेन्चाइज टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

    प्रतियोगिता ५ मंसिरसम्म सञ्चालन हुनेछ ।

    एनपीएलको‌ तेस्रो संस्करणको विजेताले १ करोड ५० लाख रुपैयाँ र उपविजेताले ८० लाख रुपैयाँ तथा तेस्रो हुनेले ४० लाख र चौथो हुनेले ३० लाख रुपैयाँ प्राप्त गर्ने क्यानले जनाएको छ । यस संस्करणलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले मान्यता दिएको छ ।

    यस संस्करणको एनपीएलमा पहिलोपटक डीआरएस प्रणाली लागू गरिने क्यानले जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend