२०८३, कार्तिक ११ गते

  • राजनीति
  • प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ,...

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ, भोली अन्य सांसदको हुने

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ, भोली अन्य सांसदको हुने

images
बुधवार, चैत्र ११ २०८२११:४५
बुधवार, चैत्र ११ २०८२११:४५
  • images

    काठमाडौँ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

    राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहबीच केसीले शपथ लिएका हुन् ।

    उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराए । प्रतिनिधिसभाका अन्य नवनिर्वाचित सदस्यको शपथ यही चैत १२ गते बिहीबारका लागि तोकिएको छ ।

    ज्येष्ठ सदस्य केसीले नै सांसदहरूलाई शपथ गराउने छन् । नयाँ सभामुख चयन नहुँदासम्म केसीले नै संसद् बैठक सञ्चालन गर्नेछन् । उनले चैत १२ गते अर्थात भोली बाँकी रहेका अन्य सदस्यलाई शपथ खुवाउनेछन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend