२०८३, कार्तिक १८ गते

  • बैंक बित्त
  • दराजको ११.११ अफरमा महालक्ष्मी बैंकको सहकार्य,...

दराजको ११.११ अफरमा महालक्ष्मी बैंकको सहकार्य, कार्डबाट भुक्तानी गर्दा विशेष छुट

दराजको ११.११ अफरमा महालक्ष्मी बैंकको सहकार्य, कार्डबाट भुक्तानी गर्दा विशेष छुट

images
मंगलवार, कार्तिक १७ २०८३११:४६
मंगलवार, कार्तिक १७ २०८३११:४६
  • images

    काठमाडौँ । ग्राहकहरुको आवश्यकता सुविधा र सन्तुष्टीलाई प्राथमिकतामा राख्दै आएको महालक्ष्मी विकास बैंक र दराज नेपाल बीच ११.११ अभियानको लागि ग्राहकहरुलाई विशेष अफर र लाभहरु प्रदान गर्ने गरी सहकार्य भएको छ । 

    ११.११ को रुपमा विश्वव्यापी रुपमा नै मनाइने यस अभियान मार्फत महालक्ष्मी विकास बैंकले प्रदान गर्दै आएका डिजिटल बैंकिङ्ग सुविधाहरुलाई अझ विस्तार गर्दै जाने निति अनुरुप दराज नेपाल सँग सहकार्य भएको हो । यस सहकार्य अन्तर्गत २०८३ कार्तिक १५ गते देखी २०८३ कार्तिक २५ गते सम्मको लागि लागु हुने गरी महालक्ष्मी विकास बैंकका डेबिट कार्ड तथा क्रेडिट कार्ड लिएका गा्रहकहरुले दराज नेपाल मार्फत सामान खरिद गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन् । 

    ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा खरिद रकममा १५ प्रतिशत वा अधिकतम १५०० सम्म छुट तथा त्रेडिट कार्डबाट भुक्तानी गर्दा खरिद रकममा २० प्रतिशत वा अधिकतम २००० सम्म छुट प्राप्त गर्न सक्नेछ्न । छुटको लागि ग्राहकहरुले दराजबाट भौचर संकलन गर्नुपनेछ । 

    योजना अवधीभर सहभागी हुने ग्राहकहरुलाई पहिलोलाई प्राथमिकतामा राखी छुट प्रदान गरिनेछ । यस प्रकारका समझदारीबाट ग्राहकहरुसँग डिजिटल रुपमा जोडिन, ग्राहकहरुको भुक्तानी प्रक्रियालाई सुनिश्चित गर्न तथा डिजिटल नवप्रवर्तनको माध्यमबाट ग्राहक सन्तुष्टिलाई बढवा दिन सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । 

    गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकले हालै मात्र काठमाण्डौं, ज्ञानेश्वरमा कफि लाउञ्ज सहितको डिजिटल हब सञ्चालनमा ल्याएको छ

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend