२०८३, कार्तिक १८ गते

  • समाचार
  • मन्त्रिपरिषद् बैठकका ६ निर्णयः सहुलियत ऋण...

मन्त्रिपरिषद् बैठकका ६ निर्णयः सहुलियत ऋण स्वीकृतीको अनुमतिदेखि अध्यादेश जारीसम्म

मन्त्रिपरिषद् बैठकका ६ निर्णयः सहुलियत ऋण स्वीकृतीको अनुमतिदेखि अध्यादेश जारीसम्म

images
मंगलवार, कार्तिक १७ २०८३०५:३२
मंगलवार, कार्तिक १७ २०८३०५:३२
  • images

    काठमाडौँ । मंगलबारको मन्त्रिपरिषद् बैठकका ६ निर्णयहरु सार्वजनिक भएका छन्। सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले बैठकका निर्णय सार्वजनिक गरेका हुन्।

    बैठकले एडिबीबाट सहुलियतपूर्ण ऋण र अनुदान सहायता स्वीकार गर्ने, नेपाल पुनर्बिमा कम्पनीमा सरकारको थप हकप्रद सेयर लगानी गर्न सहमति दिनेलगायतका निर्णयहरु गरेको छ।

    हेर्नुस् थप निर्णय :
    १. एसियाली विकास बैंकबाट सडक सुधारका लागि प्राप्त हुने २८५ मिलियन अमेरिकी डलरबराबरको सहुलियतपूर्ण ऋण र २० मिलियन अमेरिकी डलरबराबरको अनुदान सहायता स्वीकार गर्ने,

    २. नेपाल पुनर्बीमा कम्पनी लिमिटेडमा नेपाल सरकारको थप हकप्रद सेयर लगानी गर्न सहमति प्रदान गर्ने,

    ३. न्यानो फर्टिलाइजर, बायो–स्टिमुल्यान्ट र व्यावसायिक रूपमा उत्पादन तथा बिक्री वितरण हुने जैविक तथा प्राङ्गारिक मललाई आवश्यक पदार्थको सूचीमा समावेश गर्ने र मल नियन्त्रण आदेश स्वीकृत गर्ने,

    ४. टर्कीमा कार्तिक २३ देखि मंसिर ४ गतेसम्म आयोजना हुने संयुक्त राष्ट्रसंघको जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औं सम्मेलनमा सहभागी हुन उच्चस्तरीय प्रतिनिधिमण्डललाई स्वीकृति प्रदान गर्ने,

    ५. मोही लागेको जग्गाको जग्गावाला र मोहीले जग्गा बाँडफाँट गरी लिन निवेदन दिनुपर्ने तथा जग्गा बाँडफाँट गरी कारबाहीको टुंगो लगाउने अवधि क्रमशः २०८५ कात्तिक र २०८६ असारसम्म थप गर्ने गरी नेपाल राजपत्रमा सूचना प्रकाशन गर्न स्वीकृति दिने,

    ६. प्रेस काउन्सिल ऐन २०४८ लाई संशोधन गर्न बनेको अध्यादेश र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनलगायत केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न सम्माननीय राष्ट्रपतिसमक्ष सिफारिस गर्ने।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend