२०८३, कार्तिक १८ गते

  • समाचार
  • पश्चिमी वायु र न्यूनचापीय क्षेत्रको प्रभावले...

पश्चिमी वायु र न्यूनचापीय क्षेत्रको प्रभावले चार प्रदेशमा हल्का वर्षाको सम्भावना

पश्चिमी वायु र न्यूनचापीय क्षेत्रको प्रभावले चार प्रदेशमा हल्का वर्षाको सम्भावना

images
सीएनएन खबर
बुधवार, कार्तिक १८ २०८३०७:३५
सीएनएन खबर
बुधवार, कार्तिक १८ २०८३०७:३५
  • images

    काठमाडौँ ।हाल नेपालमा पश्चिमी वायुको साथै भारतको उत्तर प्रदेशमा रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक बदली रहेको छ । देशका पहाडी, तराई, उपत्यका तथा खोँचका केही स्थानमा हुस्सु तथा कुहिरो लागेको छ ।

    आज दिउँसो देशको हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्ने तथा तराईको भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

    राति भने देशको हिमाली भू–भागमा आंशिक बादली लाग्नेछ भने पहाडी र तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । तराई भू–भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु तथा कुहिरो लाग्नेछ ।

    आगामी चार दिनका लागि कुनै चेतावनी नरहेको महाशाखाले जनाएको छ । यद्यपि, सर्वसाधारण तथा सम्बन्धित सबै सरोकारवाला निकायहरूलाई पछिल्लो मौसमी सूचना तथा पूर्वानुमानबारे नियमित रूपमा जानकारी लिन महाशाखाले अनुरोध गरेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend