२०८३, कार्तिक १८ गते

  • राजनीति
  • माधव नेपाल र मिनेन्द्र रिजालसहित ९४...

माधव नेपाल र मिनेन्द्र रिजालसहित ९४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, ७६ करोड बिगो दाबी

माधव नेपाल र मिनेन्द्र रिजालसहित ९४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, ७६ करोड बिगो दाबी

images
मंगलवार, कार्तिक १७ २०८३०१:१३
मंगलवार, कार्तिक १७ २०८३०१:१३
  • images

    काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपाका नेता माधवकुमार नेपाल र तत्कालीन मन्त्री कांग्रेस नेता मिनेन्द्र रिजालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । उक्त मुद्दामा ९४ जनालाई प्रतिवादी बनाइएको र ७६ करोड बिगो दाबी गरिएको प्रारम्भिक सूचना प्राप्त भएको छ ।

    इटहरीस्थित रिजाल टासी इन्डस्ट्रिजको हदबन्दीभन्दा धेरै जग्गा सट्टापट्टाका लागि क्याविनेटबाट निर्णय गराएर बिक्री गरिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूलाई प्रतिवादी बनाइ मुद्दा दायर गरेको हो ।

    उक्त जग्गा बिक्री गर्न नेपाल नेतृत्वको क्याविनेटले सहमति दिएको विषयमा भ्रष्टाचार कसुरमाा मुद्दा दायर भएको हो ।

    विशेष अदालत स्रोतले आरोपपत्र अध्ययन गरी मुद्दा दर्ता प्रक्रियामा रहेको बताएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend