२०८३, आश्विन २८ गते

images
  • राजनीति
  • माओवादी केन्द्रसहितका पाँच बाम घटकबीच कात्तिक...

माओवादी केन्द्रसहितका पाँच बाम घटकबीच कात्तिक २० मा एकता घोषणा

माओवादी केन्द्रसहितका पाँच बाम घटकबीच कात्तिक २० मा एकता घोषणा

images
आइतवार, कार्तिक १६ २०८२०५:२९
आइतवार, कार्तिक १६ २०८२०५:२९
  • images

    काठमाडौं ।  नेकपा (माओवादी केन्द्र) का नेता अग्निप्रसाद सापकोटाले जेनजी पुस्ता र आफ्नो पार्टीबिच साझा धारणा रहेको दाबी गरेका छन् ।
    आइतबार पार्टी मुख्यालय पेरिसडाँडामा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिँदै सापकोटाले जेनजीले उठाएका मागहरू आफूहरूले पहिले नै उठाइरहेको विषय भएको उल्लेख गरे । उनले जेनजी पुस्तासँग माओवादी केन्द्रको सोच, विचार र धारणा समान रहेको बताए ।

    उनका अनुसार जेनजी पुस्ताले उठाएका मागहरू जायज छन् र ती मागप्रति माओवादी केन्द्र सकारात्मक रहँदै आएको छ । ‘हामी जेनजीले उठाएका मागहरूमा सकारात्मक मात्रै होइन, ती त हामीले पहिलादेखि नै उठाएका मागहरू हुन्, ‘सापकोटाले भने, ‘हाम्रो र उनीहरूको सोच, विचार र धारणा साझा छ, अहिले त्यसमा एकरूपता देखिँदैछ ।’

    सापकोटाले जेनजी पुस्ताका मागहरूबारे पार्टीले राष्ट्रपतिसँग र प्रधानमन्त्रीसँग भएको भेटमा पनि सकारात्मक दृष्टिकोण प्रस्तुत गरेको जानकारी दिए ।

    यसै अवसरमा उनले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आगामी निर्वाचनमा भाग लिनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने तयारीलाई पनि सकारात्मक रूपमा लिएको बताए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend