शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न ४ वटा निर्णय गरेको पाइएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री विक्रम तिमल्सिनाका अनुसार आजको क्याबिनेटले सो निर्णय गरेको हो ।
यी हुन् मन्त्रिपरिषद्का निर्णय
१। अर्थ मन्त्रालयसँग सम्बन्धित छस् विश्व बैंकसँग नेपाल अर्थक्वेक क्याटास्ट्रोफ बन्ड सम्बन्धी म्यान्डेट एग्रिमेन्टमा हस्ताक्षर गर्न स्वीकृति दिने।
२। दोस्रो, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सम्बन्धित छस् बिटौरी जग्गामा बसोबास गरी आएका व्यक्तिहरूको नाममा जग्गा दर्ता गर्ने सम्बन्धी समिति गठन आदेश, २०८० स्वीकृत गर्ने।
३। तेस्रो, शिक्षा तथा खेलकुद मन्त्रालयको छस् जापानको आइची नागोयामा भएको २० औँ एसियाली खेलकुदमा पदक प्राप्त गर्ने महिला कबड्डी र कराते खेलका खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकलाई नगद पुरस्कार प्रदान गर्ने।
४। नेपाल न्याय सेवा, सरकारी वकिल समूहका सहन्यायाधिवक्ता श्री अच्युतमणि नेउपानेलाई राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा गरी बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको सचिव पदमा पदस्थापन गर्ने।

