२०८३, आश्विन २७ गते

images
  • समाचार
  • वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने...

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने चार जना पक्राउ

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने चार जना पक्राउ

images
मंगलवार, आश्विन २७ २०८३०३:४८
मंगलवार, आश्विन २७ २०८३०३:४८
  • images

    काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै ८० लाख ४८ हजार ठगी गरेको आरोपमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चार जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा बागलुङको तमानखोला गाउँपालिका–४ का २२ वर्षीय दीपक श्रीपाली, ललितपुरको महालक्ष्मी नगरपालिका–५ की ३४ वर्षीया नेहा अधिकारी, पाँचथरको याङवरक गाउँपालिका–६ का ४२ वर्षीय सुमन योङहाङ र चन्द्रागिरि नगरपालिका–६ की ४२ वर्षीया सुस्मिता नेपाली रहेका छन् ।

    प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार उनीहरूले वैदेशिक रोजगारीका लागि टर्की, बेलायत र दक्षिण कोरिया पठाइदिने भन्दै विभिन्न व्यक्तिबाट रकम लिइ सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीका आधारमा पक्राउ गरिएको हो ।

    प्रहरीका अनुसार दीपकले टर्की पठाइदिने भन्दै एक पीडितबाट रु दुई लाख ४८ हजार, नेहाले बेलायत पठाइदिने भन्दै ६७ लाख, सुमनले दक्षिण कोरिया पठाइदिने भन्दै रु छ लाख र सुस्मिताले बेलायत पठाइदिने भन्दै पाँच लाख लिएको आरोप छ ।

    चारै जनाले गरी ८० लाख ४८ हजार ठगी गरेको आरोप लागेको छ । उनीहरूलाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend