काठमाडौँ । नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स०ले भारत उडानमा पावर बैंक बोक्न निषेध गरेको छ ।
नेपाल एयरलाइन्सले नेपाल र भारतबीच यात्रा गर्ने यात्रुहरूले निश्चित मोडलको पावर बैंक ल्याउन तथा लैजान प्रतिबन्ध लगाएको हो ।
भारतको नागरिक उड्डयन महानिर्देशनालयको सर्कुलर अनुसार (MOBIKING MK-PB-04) मोडलको पावर बैंक लैजान रोक लगाइएको हो ।
भारतभित्र, भारतबाट वा भारततर्फ सञ्चालन हुने सम्पूर्ण उडानहरूमा यो पावर बैंक बोक्न पूर्ण रूपमा प्रतिबन्धित गरिएको निगमले जनाएको छ ।


