२०८३, आश्विन २७ गते

images
  • राजनीति
  • एमालेको राष्ट्रिय कार्यकर्ता भेला मङ्सिर २...

एमालेको राष्ट्रिय कार्यकर्ता भेला मङ्सिर २ र ३ गते

एमालेको राष्ट्रिय कार्यकर्ता भेला मङ्सिर २ र ३ गते

images
मंगलवार, आश्विन २७ २०८३०२:४३
मंगलवार, आश्विन २७ २०८३०२:४३
  • images

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आगामी मङ्सिर २ र ३ गते काठमाडौँमा राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्ने भएको छ ।

    पार्टीको स्थायी कमिटीको प्रथम बैठकले राष्ट्रिय भेला आयोजनाबारे गरेको निर्णय कार्यान्वयनका क्रममा भेलाको मिति र स्थान तय भएको एमाले सङ्गठन विभाग प्रमुख भानुभक्त ढकालले जानकारी दिए ।

    अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा यही असोज २२ देखि २५ गतेसम्म भएको स्थायी कमिटीको प्रथम बैठकले केन्द्रीय कमिटीमा मनोनयन, स्थानीय तहका कमिटीको अधिवेशन र राष्ट्रिय कार्यकर्ता भेला आयोजनालगायतका निर्णय गरेको थियो ।

    राष्ट्रिय भेलामा प्रदेश कमिटीका पदाधिकारी, जिल्ला कमिटीका पदाधिकारी, पालिका कमिटीका अध्यक्ष तथा उपाध्यक्ष र सबै तहका जनप्रतिनिधिको सहभागिता रहने सङ्गठन विभाग प्रमुख ढकालले जानकारी दिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend