२०८३, आश्विन २७ गते

images
  • समाचार
  • खगेन्द्र सुनारको अडियो प्रकरण : प्रहरी...

खगेन्द्र सुनारको अडियो प्रकरण : प्रहरी र रास्वपाले थाले छुट्टाछुट्टै छानबिन

खगेन्द्र सुनारको अडियो प्रकरण : प्रहरी र रास्वपाले थाले छुट्टाछुट्टै छानबिन

images
मंगलवार, आश्विन २७ २०८३०५:४१
मंगलवार, आश्विन २७ २०८३०५:४१
  • images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले एक महिलालाई अपशब्द प्रयोग गर्दै गाली गरेको भनिएको सार्वजनिक अडियोबारे प्रहरीले आन्तरिक छानबिन थालेको छ। अडियोको सत्यताबारे बुझ्ने काम भइरहेको प्रहरीले जनाएको छ।

    सांसद सुनार र एक महिलाबीच भएको भनिएको आपत्तिजनक संवादको अडियो सोमबार सार्वजनिक भएको थियो। उक्त अडियो सार्वजनिक भएपछि रास्वपाले पनि घटनाबारे आन्तरिक छानबिन अघि बढाएको छ।

    रास्वपाको अनुशासन आयोगले सांसद सुनारमाथि छानबिन थालेको छ। छानबिनकै क्रममा पार्टीले बिहीबार उनलाई सार्वजनिक कार्यक्रममा उपस्थित नहुन निर्देशन दिएको छ।

    अडियो सार्वजनिक भएपछि प्रहरी प्रधान कार्यालयले पनि घटनाबारे जानकारी सङ्कलन गरी आन्तरिक रूपमा बुझ्ने काम अघि बढाएको हो।

    केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) अविनारायण काफ्लेले समाचार माध्यम र सामाजिक सञ्जालमार्फत अडियोबारे जानकारी पाएपछि प्रहरीले आफ्नै तरिकाले बुझिरहेको बताए।

    उनका अनुसार घटनामा पक्राउ गरी अनुसन्धान अघि बढाउन पीडित भनिएकी महिलाको उजुरी आवश्यक पर्नेछ।

    “हामीलाई महिलाले कुनै न कुनै रूपमा उजुरी दिनु नै पर्ने हुन्छ। आफैँ उपस्थित भएर वा अनलाइनमार्फत भए पनि उजुरी आवश्यक हुन्छ,” काफ्लेले भने।

    उनले महिलाबाट उजुरी नआएसम्म प्रहरी आफैँले पक्राउ गरेर अनुसन्धान अघि बढाउन नसक्ने बताए। हालसम्म ती महिलाले कुनै पनि प्रहरी कार्यालयमा उजुरी दिएको जानकारी प्राप्त नभएको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend