काठमाडौँ । पछिल्लो केही दिन यता निरन्तर घटेको सुनचाँदीको मूल्य शुक्रबार भने बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार शुक्रबार सुन प्रतितोला १ हजार ७ सय रुपैयाँले बढेको हो ।
महासंघको तथ्यांक अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९० हजार १०० रुपैयाँ पुगेको छ । बिहीबार १ हजार १०० रुपैयाँ घटेर सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार ४०० रुपैयाँमा झरेको थियो । महासंघको तथ्यांक अनुसार सुन गत सोमबारदेखि घटेको थियो ।
यस्तै, शुक्रबार चाँदीको मूल्य ११५ रुपैयाँले बढेर ४ हजार १५० रुपैयाँ रहेको महासंघले जनाएको छ । बिहीबार चाँदीको मूल्य २२० रुपैयाँले घटेर ४ हजार ३५ रुपैयाँ थियो । बुधबार चाँदीको मूल्य १०० रुपैयाँले घटेर ४ हजार २५५ रुपैयाँ थियो ।


