२०८३, आश्विन ३० गते

images

दसैँका चार दिन फोहोर व्यवस्थापन प्रभावित हुने, वर्गीकरण गरेर राख्न महानगरको आग्रह

दसैँका चार दिन फोहोर व्यवस्थापन प्रभावित हुने, वर्गीकरण गरेर राख्न महानगरको आग्रह

images
शुक्रवार, आश्विन ३० २०८३१०:४५
शुक्रवार, आश्विन ३० २०८३१०:४५
  • images

    काठमाडौँ । काठमाडौं महानगरपालिकाले आगामी कात्तिक १ गतेदेखि ४ गतेसम्म उपत्यकाको अन्तिम फोहोर व्यवस्थापनस्थल बञ्चरेडाँडामा फोहोर व्यवस्थापन कार्य प्रभावित हुने जानकारी दिएको छ ।

    कामपाका अनुसार उल्लिखित दिनहरूमा नेपालीहरूको महान् पर्व दशैंको मुख्य दिन परेकाले सफाइ कर्मचारीहरू पनि पर्व मनाउन जाने हुँदा फोहोर व्यवस्थापन प्रभावित हुने जनाइएको हो ।

    आगामी कात्तिक १ गतेदेखि ४ दिनसम्म उत्पादन भएको फोहोरलाई कुहिने र नकुहिने वर्गमा वर्गीकरण गरी छुट्टाछुट्टै रूपमा राख्न पनि कामपा वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईले सबैलाई अनुरोध गरेकी छन् । उक्त मितिबाहेक अन्य दिन नियमित रूपमा फोहोर व्यवस्थापन हुने कामपाले जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend