२०८३, आश्विन ३० गते

images

चाडपर्वमा वालेटमा रकम जम्मा गर्ने सीमा बढ्यो, अब दिनमा ५० पटकसम्म गर्न पाइने

चाडपर्वमा वालेटमा रकम जम्मा गर्ने सीमा बढ्यो, अब दिनमा ५० पटकसम्म गर्न पाइने

images
शुक्रवार, आश्विन ३० २०८३११:४७
शुक्रवार, आश्विन ३० २०८३११:४७
  • images

    काठमाडौं । नेपाल राष्ट्र बैंकले दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै डिजिटल वालेटमा रकम जम्मा गर्न पाउने सीमा बढाएको छ । केन्द्रीय बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन संशोधन गर्दै वालेटमा रकम जम्मा गर्न सकिने दैनिक सङ्ख्या बढाएको हो ।

    संशोधित व्यवस्थाअनुसार अब प्राकृतिक व्यक्तिले चाडपर्वको अवधिमा एक दिनमा अधिकतम ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सक्नेछन् । यसअघि यस्तो सुविधा दिनमा १० पटकसम्म मात्र उपलब्ध थियो ।

    राष्ट्र बैंकका अनुसार यो सुविधा असोज ३१ गतेदेखि कात्तिक ८ गतेसम्म र कात्तिक २१ गतेदेखि २९ गतेसम्म लागू हुनेछ ।

    चाडपर्वका बेला किनमेल, आर्थिक कारोबार तथा रकम स्थानान्तरण बढ्ने भएकाले सेवाग्राहीलाई डिजिटल भुक्तानीमा सहजता प्रदान गर्न सीमा बढाइएको हो ।

    राष्ट्र बैंकले नगद कारोबारको विकल्पका रूपमा डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्दै आएको छ । वालेटमा रकम जम्मा गर्न पाउने सङ्ख्या बढाइएसँगै चाडपर्वको समयमा डिजिटल कारोबार गर्ने सेवाग्राहीलाई थप सहज हुने अपेक्षा गरिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend