काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य बटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार बिहीबार सुन तोलामा १ हजार १ सय रुपैयाँले घटेको हो ।
घटेसँगै आजका लागि सुन प्रतितोला २ लाख ८८ हजार ४ सय रुपैयाँ कायम घएको छ । बुधबार छापावाल सुन प्रतितोला दुई लाख ८९ हजार ५०० कायम भएको थियो ।
यस्तै, आज सुनसँगै चाँदीको मूल्य समेत घटेको छ । तथ्यांक अनुसार बिहीबार चाँदी प्रतितोला २२० रुपैयाँले घटेर प्रतितोला ४ हजार ३५ रुपैयाँ कायम भएको छ ।



