काठमाडौँ । नेपाली बजारमा बुधबार सुन र चाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला २ हजार ७०० रुपैयाँले घटेर २ लाख ८९ हजार ५०० रुपैयाँ कायम भएको छ।
मंगलबार छापावाल सुन प्रतितोला २ लाख ९२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य पनि प्रतितोला १०० रुपैयाँले घटेको छ। मंगलबार प्रतितोला ४ हजार ३५५ रुपैयाँ रहेको चाँदीको मूल्य बुधबार ४ हजार २५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।


