२०८३, आश्विन २८ गते

images
  • राजनीति
  • फुट्यो कांग्रेस, गगन–विश्वप्रकाशसहित तीन जनालाई कारबाही...

फुट्यो कांग्रेस, गगन–विश्वप्रकाशसहित तीन जनालाई कारबाही गरिएको पत्र आयोगमा दर्ता

फुट्यो कांग्रेस, गगन–विश्वप्रकाशसहित तीन जनालाई कारबाही गरिएको पत्र आयोगमा दर्ता

images
बुधवार, पौष ३० २०८२०५:१८
बुधवार, पौष ३० २०८२०५:१८
  • images

    काठमाडौँ । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले तीन नेतामाथि कारबाही गरेको जानकारी सहितको पत्र निर्वाचन आयोग पुगेको छ । 

    बुधबार अपराह्न देउवा पक्षका नेताहरू आयोग पुगेर पत्र दर्ता गराएका हुन् । आयोग स्रोतका अनुसार महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई कारबाही गरिएको जानकारी दर्ता भइसकेको छ।  

    आजै बसेको देउवा पक्षको केन्द्रीय समिति बैठकले तीन नेतालाई ५ वर्षे कारबाहीको घोषणा गरेको थियो । 

    कारबाहीमा परेका नेताहरूले भने बहुमत महाधिवेशन प्रतिनिधि आफूहरूको पक्षमा रहेकाले त्यस्तो कारबाहीको औचित्य नभएको प्रतिक्रिया दिएको छ । विशेष महाधिवेशन पक्षधरले आजै नयाँ नेतृत्व चयन गर्दैछ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend