२०८३, आश्विन २८ गते

images

रास्वपाले बोलायो आकस्मिक सचिवालय बैठक

रास्वपाले बोलायो आकस्मिक सचिवालय बैठक

images
शनिवार, पौष २६ २०८२०३:३४
शनिवार, पौष २६ २०८२०३:३४
  • images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आकस्मिक रूपमा सचिवालय बैठक बोलाएको छ। पार्टी प्रवक्ता मनिष झाका अनुसार बैठक आजै दिउँसो ३:१५ बजे भर्चुअल माध्यमबाट बस्नेछ।

    प्रवक्ता झाका अनुसार सचिवालय बैठकमा पार्टी एकता, समायोजन तथा अन्य समसामयिक राजनीतिक विषयहरूमा छलफल गरिनेछ।

    पार्टी स्रोतका अनुसार उज्यालो नेपाल पार्टीसँग भएको समझदारीसम्बन्धी सहमतिको विषय बाहिरिएपछि उत्पन्न परिस्थितिबारे शीर्ष तहमा छलफल गर्न बैठक बोलाइएको हो।

    रास्वपाले पछिल्ला दिनहरूमा पार्टी संरचना र सम्भावित समायोजनसम्बन्धी विषयमा आन्तरिक परामर्श तीव्र बनाएको छ। सचिवालय बैठकको निष्कर्षका आधारमा आगामी रणनीति तय हुने बताइएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend