२०८३, आश्विन २७ गते

images
  • राजनीति
  • तिलोत्तमाका पूर्व मेयर तथा निवर्तमान सांसद...

तिलोत्तमाका पूर्व मेयर तथा निवर्तमान सांसद वासुदेव घिमिरेले छाडे एमाले

तिलोत्तमाका पूर्व मेयर तथा निवर्तमान सांसद वासुदेव घिमिरेले छाडे एमाले

images
बुधवार, पौष १६ २०८२०७:४५
बुधवार, पौष १६ २०८२०७:४५
  • images

    काठमाडौँ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाका पूर्व मेयर तथा निवर्तमान सांसद वासुदेव घिमिरेले एमाले छोडेको घोषणा गरेका छन् । मंगलबार साँझ सामाजिक सञ्जाल मार्फत उनले एमाले परित्याय गरेको घोषणा गरेका हुन् । 

    उनी काठमाडौं गएर बालेन साहसँग भेटेको फोटा मंगलबार सार्वजनिक भएको थियो । उनलाई रूपन्देही २ बाट प्रतिनिधि सभामा उम्मेदवार बनाउने गरि राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गराइएको नेताहरूको दावी छ ।

    रुपन्देही २ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिने गरी प्रस्ताव आएको र त्यसमा सकारात्मक रहेको घिमिरेले जनाएका छन् ।

    ‘अहिले आम जनताको चाहना सुशासन, विकास, सम्वृद्वीका साथै नेतृत्व हस्तान्तरण, पुस्तान्तरण र रुपान्तरण पनि हो। देशको आवश्यकता, इतिहासको गति र आम नागरिकको अपेक्षालाई सम्बोधन गर्नु अहिलेको मुख्य कार्यभार हो । देश प्रतिको अविचलित निष्ठा ,सुशासन, विकास र सम्वृद्वी राजनीतिको अनिवार्य शर्त हो’, उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पुराना राजनीतिक दलहरुको मुख्य नेतृत्वले मुलुकको आम जनताको ईच्छा र चाहनालाई सम्बोधन गर्ने  अवस्था नदेखिएकोले आजको दिन देखि म संलग्न रहेको पार्टीको जिम्मेवारी देखि अलग रहेको छु । आजसम्म यहाँ आईपुग्दा अवसर र जिम्मेवारी दिनुहुने सवै प्रति हार्दिक आभार व्यक्त गर्दछु । सुशासन, विकास, रोजगारीका साथ मुलुकलाई सम्वृद्वीको यात्रामा अघि वढाउने अभियानमा ईमान र निष्ठाका साथ सदैव यहाँहरु सवैसंग संगसंगै रहने छु ।’

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend