काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार मंगलबार सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेको हो ।
बढेसँगै मंगलबारका लागि सुन प्रतितोला २ लाख ७५ हजार रुपैयाँ तोकिएको छ । सोमबार सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँ बढेर २ लाख ७४ हजार ३ सय पुगेको थियो।
त्यसैगरी आज चाँदीको मूल्य भने घटेको छ। चाँदीको मूल्य आज तोलामा ४५ रुपैयाँ घटेर ३ हजार ६ सय ७५ रुपैयाँ कायम भएको छ। सोमबार चाँदीको मूल्य ७० रुपैयाँ बढेर ३ हजार ७ सय २० रुपैयाँ पुगेको थियो।


