काठमाडौँ । नेपाली बजारमा सोमबार (कात्तिक १६) सुनचाँदीको मूल्य बढेको छ । आइतबार ओरालो लागेको सुनचाँदीको मूल्य सोमबार भने बढेको हो ।
आइतबारको तुलनामा सोमबार छापावाल सुनको मूल्य तोलामा २ हजार ३०० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । योसँगै सोमबार छापावाल सुनको मूल्य २ लाख ७४ हजार ३०० रुपैयाँ कायम भएको छ । आइतबार ८ हजार ३०० रुपैयाँले घटेर सुनको मूल्य २ लाख ७२ हजार रुपैयाँ थियो ।
यस्तै, सोमबार चाँदीको मूल्य ७० रुपैयाँले बढेर ३ हजार ७२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । आइतबार चाँदीको मूल्य १७५ रुपैयाँले घटेर ३ हजार ६५० रुपैयाँ थियो ।


