२०८३, कार्तिक १८ गते

  • उर्जा
  • आज चाबहिलसहित काठमाडौँका विभिन्न क्षेत्रमा तीन...

आज चाबहिलसहित काठमाडौँका विभिन्न क्षेत्रमा तीन घण्टा विद्युत् अवरुद्ध हुने

आज चाबहिलसहित काठमाडौँका विभिन्न क्षेत्रमा तीन घण्टा विद्युत् अवरुद्ध हुने

images
मंगलवार, कार्तिक १७ २०८३०७:४२
मंगलवार, कार्तिक १७ २०८३०७:४२
  • images

    काठमाडौँ । काठमाडौंको चाबहिलसहित विभिन्न क्षेत्रमा आज तीन घण्टा विद्युत् आपूर्ति बन्द भएको छ । 

    नेपाल विद्युत् प्राधिकरणले चाबहिल सबस्टेसनको मर्मत सम्भारका लागि आज  बिहान तीन घण्टा विद्युत् आपूर्ति बन्द गरेको हो ।  

    प्राधिकरणका अनुसार चाबहिल सबस्टेसनको ६६ केभी बस आइसोलेटर मर्मतसम्भार गर्नुपर्ने भएकाले बिहान ५ बजेदेखि ८ बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ ।

    उक्त अवधिमा चाबहिल, पशुपति, गौशाला, मित्रपार्क, जयबागेश्वरीलगायत आसपासका क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित हुने प्राधिकरणले जनाएको छ ।

    निर्धारित समयभन्दा अगावै मर्मतसम्भारको काम सम्पन्न भएमा सोहीअनुसार विद्युत् आपूर्ति सुचारु गरिने प्राधिकरणले जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend