२०८३, कार्तिक १८ गते

  • स्वास्थ्य
  • डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल,...

डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल, ग्लुकोजको मात्रा घटेपछि चिकित्सकले दिए जोखिमको चेतावनी

डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल, ग्लुकोजको मात्रा घटेपछि चिकित्सकले दिए जोखिमको चेतावनी

images
सोमवार, कार्तिक १६ २०८३०७:२९
सोमवार, कार्तिक १६ २०८३०७:२९
  • images

    काठमाडौँ । विभिन्न माग राख्दै इलाममा अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएको छ। रगतमा ग्लुकोजको मात्रा निकै कम हुनुका साथै पिसाबमा एसिटोनको मात्रा बढेपछि चिकित्सकले उनको स्वास्थ्य अवस्था जोखिमपूर्ण हुनसक्ने चेतावनी दिएका छन्।

    बिहीबार साँझ इलामको नारायणस्थान मन्दिर परिसरमा अनशन सुरु गरेका केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि शनिबार साँझ इलाम अस्पताल भर्ना गरिएको हो।

    इलाम अस्पतालका चिकित्सक डा. अमिताभ ठाकुरका अनुसार केसीको स्वास्थ्य अवस्था निरन्तर बिग्रिरहेको छ। चिकित्सकले ग्लुकोज दिन खोजे पनि केसीले अस्वीकार गरिरहेका छन्।

    डा. केसीले चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सुधार, मेडिकल कलेज सञ्चालनमा निर्धारित मापदण्डको पालना र पदाधिकारी नियुक्तिमा निष्पक्ष छानबिनलगायतका ६ बुँदे माग अघि सारेका छन्।

    उनले सरकारी स्वास्थ्य तथा शैक्षिक संस्थामा ७५ प्रतिशत छात्रवृत्ति अनिवार्य गर्नुपर्ने, विभिन्न मेडिकल कलेजमा मापदण्डविपरीत बढाइएको विद्यार्थी सिट खारेज गर्नुपर्ने र सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पताल पूर्ण क्षमतामा सञ्चालन गर्नुपर्ने माग गरेका छन्।

    त्यस्तै, इलाम, उदयपुर र डडेलधुरामा सरकारी मेडिकल कलेज स्थापना गर्ने पूर्वसहमति कार्यान्वयन गर्नुपर्ने उनको माग छ।

    डा. केसीको यो २५औँ अनशन हो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend