२०८३, आश्विन २८ गते

images

दसैँ–तिहारमा साइबर ठगी रोक्न बैंकहरूलाई २४ घण्टा सम्पर्क व्यक्ति तोक्न राष्ट्र बैंकको निर्देशन

दसैँ–तिहारमा साइबर ठगी रोक्न बैंकहरूलाई २४ घण्टा सम्पर्क व्यक्ति तोक्न राष्ट्र बैंकको निर्देशन

images
बुधवार, आश्विन २८ २०८३११:५३
बुधवार, आश्विन २८ २०८३११:५३
  • images

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले विजया दशमी, दीपावली तथा छठ पर्वको सार्वजनिक बिदाका समयमा हुन सक्ने साइबर ठगीका घटनालाई नियन्त्रण गर्न बैंक तथा वित्तीय संस्थाहरूलाई जिम्मेवार सम्पर्क व्यक्ति (फोकल पर्सन) तोक्न निर्देशन दिएको छ ।

    नेपाल राष्ट्र बैंकले सार्वजनिक बिदाको अवधिमा विद्युतीय माध्यमबाट हुने आर्थिक ठगीका घटनाको कारोबार विवरण समयमै प्राप्त गर्न तथा शंकास्पद खाता र कारोबार पहिचान गरी तत्काल रोक्का गर्न सहज बनाउने उद्देश्यले यस्तो व्यवस्था गर्न बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेको हो ।

    नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूलाई सम्पर्क व्यक्तिको नाम, पद र मोबाइल नम्बर नेपाल नेपाल प्रहरी प्रधान कार्यालयको इमेल ठेगाना ठेगाना cbpillar2@nepalpolice.gov.np मा उपलब्ध गराउन भनेको छ । साथै, २४ सै घण्टा निगरानी हुने ड्युटी वा अनकल इमेल ठेगानासमेत उपलब्ध गराउनुपर्ने सूचनामा उल्लेख छ ।

    सार्वजनिक बिदाका समयमा साइबर ठगीका घटना हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै शंकास्पद कारोबारको तत्काल पहिचान, आवश्यक विवरणको शीघ्र आदानप्रदान र अनुसन्धान प्रक्रियालाई प्रभावकारी बनाउन यस्तो व्यवस्था गरेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend