२०८३, आश्विन २८ गते

images
  • समाचार
  • देशका हिमाली र पहाडी क्षेत्रमा वर्षा...

देशका हिमाली र पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा मौसम सफा रहने

देशका हिमाली र पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा मौसम सफा रहने

images
बुधवार, आश्विन २८ २०८३०७:३७
बुधवार, आश्विन २८ २०८३०७:३७
  • images

    काठमाडौँ । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ ।

    जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभरको मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो देशको हिमाली र पहाडी भू-भागमा आंशिक बदली रहने तथा तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू–भागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका एकदुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ ।

    राति भने देशको हिमाली र पहाडी भू–भागमा आंशिक बदली रहने तथा तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका एकदुई स्थानमा हल्का वर्षा/ हिमपातको सम्भावना छ ।

    कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा तथा देशका बाँकी हिमाली र पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम किसिमको वर्षा/हिमपातको सम्भावना रहेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend