२०८३, आश्विन २८ गते

images
  • राजनीति
  • कांग्रेसको निर्वाचन परिचालन निर्देशिका पारित :...

कांग्रेसको निर्वाचन परिचालन निर्देशिका पारित : ‘जसको पदीय जिम्मेवारी जहाँ, उसले खट्ने त्यहाँ’

कांग्रेसको निर्वाचन परिचालन निर्देशिका पारित : ‘जसको पदीय जिम्मेवारी जहाँ, उसले खट्ने त्यहाँ’

images
आइतवार, माघ २५ २०८२११:४७
आइतवार, माघ २५ २०८२११:४७
  • images

    काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन परिचालन निर्देशिका पारित गर्दै पार्टीका सबै पदाधिकारी र कार्यकर्तालाई आफ्नो पदीय जिम्मेवारीअनुसारकै क्षेत्रमा खटिने निर्णय गरेको छ।आइतबार भर्चुअल माध्यमबाट बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले निर्वाचन परिचालन निर्देशिका पारित गरेको हो। निर्देशिकामा ‘जसको पदीय जिम्मेवारी जहाँ छ, उसले त्यहीँबाट खट्ने’ नीति अवलम्बन गरिने स्पष्ट उल्लेख गरिएको छ।

    निर्देशिकाको बुँदा नम्बर २१ अनुसार फागुन २१ गते हुने आम निर्वाचनका लागि ‘मेरो २१ दिन’ भन्ने प्रतिबद्धतासहित फागुन १ देखि २१ गतेसम्म पार्टीका सबै नेता–कार्यकर्ता आ–आफ्नो जिम्मेवारी रहेको क्षेत्रमै केन्द्रित भएर निर्वाचन अभियानमा खटिनेछन्।

    निर्देशिकामा संघ, प्रदेश, जिल्ला तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा तोकिएका प्रतिनिधिहरूले आफ्नो जिम्मेवारी पूरा गरेपछि पुनः आफ्नै जिल्ला, क्षेत्र, नगरपालिका र वडामा फर्किएर निर्वाचन अभियानमा सक्रिय हुनुपर्ने व्यवस्था गरिएको छ। तोकिएको जिम्मेवारी लिएर अन्यत्र खटिएका बाहेक बाँकी सबै तहका पार्टी पदाधिकारी तथा सदस्यहरू आ–आफ्नै क्षेत्रमा केन्द्रित रहनुपर्ने निर्देशन निर्देशिकामा दिइएको छ।

    ‘एउटा वडाको क्रियाशील सदस्य अर्को वडामा नजाने, “हाम्रो वडा हामी जिताउँछौं” भन्ने उद्घोषसहित आफ्नै वडामा खटिने,’ निर्देशिकामा उल्लेख छ। साथै पार्टीका सबै भ्रातृ संगठन तथा शुभेच्छुक संस्थामा आबद्ध व्यक्तिहरूले पनि सोहीअनुसार जिम्मेवारी निर्वाह गर्नुपर्ने भनिएको छ। बैठकले उपसभापति विश्वप्रकाश शर्माले प्रस्तुत गरेको नेपाली कांग्रेस प्रतिनिधिसभा निर्वाचन परिचालन निर्देशिका–२०८२ र नेपाली कांग्रेस सार्वजनिक कार्यक्रम व्यवस्थापन निर्देशिका–२०८२ पनि पारित गरेको छ।

    उपसभापति शर्मा नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजकसमेत हुन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend