२०८३, कार्तिक १८ गते

  • शिक्षा
  • निर्देशन उल्लङ्घन गरेको भन्दै एन प्याब्सन...

निर्देशन उल्लङ्घन गरेको भन्दै एन प्याब्सन निलम्बित, संस्थाको नाममा गतिविधि गर्न रोक

निर्देशन उल्लङ्घन गरेको भन्दै एन प्याब्सन निलम्बित, संस्थाको नाममा गतिविधि गर्न रोक

images
शुक्रवार, कार्तिक १३ २०८३०३:३४
शुक्रवार, कार्तिक १३ २०८३०३:३४
  • images

    काठमाडौँ । गृह मन्त्रालयले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन) निलम्बन गरेको छ। मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै राष्ट्रिय निर्देशन ऐन, २०१८ को दफा ६ को उपदफा (२) अनुसार यस्तो निर्णय गरिएको जनाएको हो।

    मन्त्रालयका अनुसार सरकारी स्वीकृतिमा सञ्चालन हुँदै आएको एन प्याब्सनले पटक–पटक दिइएका निर्देशनको पालना गरेको थिएन। संस्थाका पदाधिकारीबाट स्वीकृत विधान र संस्थाको घोषित उद्देश्यसँग मेल नखाने गतिविधि भएको पनि मन्त्रालयको ठहर छ।

    यसअघि असोज २३ गते सरोकारवालासँग छलफल गर्दै मन्त्रालयले ऐन तथा २०८२ मंसिर १२ गते जारी निर्देशनअनुसार काम गर्न आग्रह गरेको थियो। तर, पटक–पटक सचेत गराउँदा पनि निर्देशन कार्यान्वयन नभएपछि निलम्बनको निर्णय गरिएको मन्त्रालयले स्पष्ट पारेको छ।

    निलम्बनपछि एन प्याब्सनको नाममा कुनै समूह वा गुटले गतिविधि गर्न नपाउने मन्त्रालयले जनाएको छ। सूचनाविपरीत त्यस्ता गतिविधि गरेको पाइएमा प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनीसमेत दिइएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend