२०८३, कार्तिक ३ गते

images
  • समाचार
  • मुस्ताङबाट मात्रै २२ करोडभन्दा बढीका भेडा–च्याङ्ग्रा...

मुस्ताङबाट मात्रै २२ करोडभन्दा बढीका भेडा–च्याङ्ग्रा निकासी

मुस्ताङबाट मात्रै २२ करोडभन्दा बढीका भेडा–च्याङ्ग्रा निकासी

images
सोमवार, कार्तिक ३ २०८३०८:११
सोमवार, कार्तिक ३ २०८३०८:११
  • images

    काठमाडौँ । यसपालीको दशैंको अवसरमा मुस्ताङ हुँदै ३५ करोड मूल्य बराबरका भेडा तथा च्याङ्ग्रा निकासी भएको छ । कृषि तथा पशु विकास कार्यालयका अनुसार यसवर्ष उक्त मूल्य बराबरका १३ हजार २७९ भेडा च्याङ्ग्रा मुस्ताङ हुँदै बाहिरिएका छन् ।

    कार्यालयका प्रमुख डा लालमणि अर्यालका अनुसार मुस्ताङ मार्ग हुँदै ११ हजार १६४ च्याङ्ग्रा र दुई हजार ११५ वटा भेडा बिक्रीका लागि बेसीतर्फ झारिएको हो । उनले मुस्ताङबाट  २२ करोडभन्दा बढी र कर्णाली प्रदेशको डोल्पा, मुगु र जुम्लाबाट १३ करोड मुल्य बराबरको भेडा, च्याङ्ग्रा र च्यालु ९माउ० यही बाटो हुँदै निकासी भएको जानकारी दिए । 

    chyangra1.jpg

    कार्यालयका अनुसार मुस्ताङबाट मात्रै सात हजार ९६४ च्याङ्ग्रा र एक हजार २०४ भेडा निकासी भएको छ । जसमध्ये मुस्ताङका किसानले पालेको खोरपाला र तिब्बतबाट कोरलानाका हुँदै भित्र्याइएका ४०० भन्दाबढी भेडा च्याङ्ग्रा मुस्ताङका व्यापारीहरुले पोखरा र काठमाडौँलगायतका स्थानमा निकासी गरेका छन् ।

    यसैगरी डोल्पाबाट दुई हजार ६८० च्याङ्ग्रा  र ८७१ भेडा, जुम्लाबाट ३०० च्याङ्ग्रा र मुगुबाट ३२० च्याङ्ग्रा र ४० वटा भेडा निकासी गरिएको छ । कार्यालयका अनुसार यसवर्ष च्याङ्ग्राको औसत मूल्य रु ३३ हजार, भेडाको रु २२ हजार र च्यालु (रमा/माउ)को १० हजार कायम गरी निकासी गरिएको हो । 

    chyangra2.jpg

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend