२०८३, कार्तिक १ गते

images
  • बैंक बित्त
  • माछापुच्छ्रे बैंक र युनाइटेड रेमिटबीच सम्झौता,...

माछापुच्छ्रे बैंक र युनाइटेड रेमिटबीच सम्झौता, विदेशबाट आएको रकम नेपालभर लिन सकिने

माछापुच्छ्रे बैंक र युनाइटेड रेमिटबीच सम्झौता, विदेशबाट आएको रकम नेपालभर लिन सकिने

images
शनिवार, कार्तिक १ २०८३०७:४५
शनिवार, कार्तिक १ २०८३०७:४५
  • images

    काठमाडौँ । विदेशबाट नेपालमा भित्रिने रेमिट्यान्सलाई अझ सहज, सरल तथा विश्वासिलो बनाउने उद्धेश्यका साथ माछापुच्छ्रे बैंक लि.ले सी.जी. ग्रुपद्वारा प्रवद्र्वित, युनाईटेड रेमिटसंग औपचारिक सम्झौता गरेको छ । 

    माछापुच्छ्रे बैंक लि.ले यु.के., जापान, दक्षिण कोरिया लगायत विश्वको जुनसुकै देशबाट मनीग्राम, टिएमएल रेमिट्न्स मार्फत नेपालमा रकम पठाउन सहज होस् भन्ने लक्ष्यका साथ युनाईटेड रेमिट संग सहकार्य गरि विधिवत रुपमा आफ्नो सेवाको विस्तार गरेको हो । 

    उक्त सम्झौता पछि बिभिन्न देशमा रहेका युनाईटेड रेमिटको प्रतिनिधी कार्यालयहरुबाट नेपाल पठाएको रकम सजिलैसँग माछापुच्छ्रे बैंकका १५६ वटा शाखाहरु, शाखारहित बैकिङ्ग सेवा र तथा एक्सटेन्सन काउण्टर मार्फत नेपाल भरी सजिलै भुक्तानी लिन सकिनेछ । उक्त सम्झौतापत्रमा युनाईटेड रेमिटको तर्फबाट सहायक महाप्रबन्धक सुदन सिं सिलवाल र माछापुच्छ्रे बैंक लि.को तर्फबाट डिजिटल बैंकिङ प्रमुख माधव सुवेदीले हस्ताक्षर गरे ।

    स्थापना कालदेखि नै नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंक लि. पुर्व देखि पश्चिम तथा हिमाल देखि पहाड र तराईसम्म आफ्ना १५६ वटा शाखाहरु, ८८ शाखारहित बैकिङ्ग सेवा र ११ एक्सटेन्स काउण्टर समेत गरी जम्मा २५५ स्थानमा रहेका सेवा सञ्जाल तथा १९४ वटा एटीएमहरु मार्फत १८ लाख भन्दा बढि ग्राहक महानुभावहरुलाई अत्याधुनिक प्रविधि सहित सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरीरहेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend