२०८३, कार्तिक ३ गते

images
  • समाचार
  • काठमाडौंको न्यूनतम तापक्रम १४ डिग्री, वर्षाको...

काठमाडौंको न्यूनतम तापक्रम १४ डिग्री, वर्षाको सम्भावना न्यून

काठमाडौंको न्यूनतम तापक्रम १४ डिग्री, वर्षाको सम्भावना न्यून

images
सोमवार, कार्तिक ३ २०८३०७:३५
सोमवार, कार्तिक ३ २०८३०७:३५
  • images

    काठमाडौँ । काठमाडौँ उपत्यकाको सोमबार बिहानको प्रारम्भिक न्यूनतम तापक्रम १४ डिग्री सेल्सियस मापन गरिएको छ।

    मौसम पूर्वानुमान महाशाखाका मौसमविद् बिनु महर्जनका अनुसार सोमबार बिहान ५ः४५ बजे उपत्यकाको न्यूनतम तापक्रम १४ डिग्री सेल्सियस देखिएको हो।

    उनका अनुसार यो प्रारम्भिक मापन हो। दिनको आधिकारिक न्यूनतम तापक्रम बिहान ८ः४५ बजे मापन गरिन्छ। त्यसबेला तापक्रम प्रारम्भिक मापनभन्दा केही घट्न सक्ने भए पनि यथावत् रहने सम्भावना पनि छ।

    आइतबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १३.५ डिग्री सेल्सियस र अधिकतम तापक्रम २५ डिग्री सेल्सियस मापन गरिएको थियो।

    मौसम पूर्वानुमान महाशाखाले हरेक दिन बिहान ८ः४५ बजे न्यूनतम र साँझ ५ः४५ बजे अधिकतम तापक्रम मापन गर्दै आएको छ।

    यसैबीच, सोमबार काठमाडौँ उपत्यकामा वर्षाको सम्भावना न्यून रहेको मौसमविद् महर्जनले बताइन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend