२०८३, आश्विन ३० गते

images
  • समाचार
  • चितवन, झापा र रुपन्देहीका ५७ भूमिहीन...

चितवन, झापा र रुपन्देहीका ५७ भूमिहीन परिवारले पाए लालपुर्जा

चितवन, झापा र रुपन्देहीका ५७ भूमिहीन परिवारले पाए लालपुर्जा

images
शुक्रवार, आश्विन ३० २०८३०२:३३
शुक्रवार, आश्विन ३० २०८३०२:३३
  • images

    काठमाडौँ । चितवन, झापा र रुपन्देहीका ५७ भूमिहीन सुकुम्बासी,  भूमिहीन दलित तथा अव्यवस्थित परिवारले जग्गाधनी पुर्जा ९लालपुर्जा० प्राप्त गरेका छन्। सम्बन्धित जिल्लाको भूमि समस्या समाधान समितिले उनीहरूलाई लालपुर्जा वितरण गरेको हो।

    चितवनको इच्छाकामना गाउँपालिका ७ का ३२ भूमिहीन सुकुम्बासी र १ भूमिहीन दलित परिवारले लालपुर्जा प्राप्त गरेका छन्। त्यस्तै, झापाको अर्जुनधारा नगरपालिका वडा नं ११ का ७ अव्यवस्थित बसोबासी परिवारलाई लालपुर्जा वितरण गरिएको छ।

    यसैगरी, रुपन्देहीको गैडहवा गाउँपालिका वडा नं ८ र ९ का १४ भूमिहीन दलित तथा २ भूमिहीन सुकुम्बासी परिवारले जग्गाधनी पुर्जा पाएका छन्।

    लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेपछि ५७ परिवाक कानुनी रूपमा जग्गाधनी बनेका छन्। सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई उच्च प्राथमिकतामा राख्दै देशभर लालपुर्जा वितरण तीव्र बनाएको छ।

    भूमिमन्त्री प्रतिभा रावलले कानुनी अड्चन नरहेकाले भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान प्रक्रिया अब तीव्र गतिमा अघि बढ्ने बताएकी छन्। उनले यसका लागि सम्बन्धित स्थानीय तहको सहयोगसमेत अपेक्षा गरेको उल्लेख गरिन्।

    “कानुनी अड्चन नरहेकाले अब भूमिहीन, सुकुम्बासी एवं अव्यवस्थित बसोबासीको समस्या समाधान प्रक्रिया तीव्र गतिमा अघि बढ्छ। यसका लागि सम्बन्धित स्थानीय तहको सहयोगसमेत अपेक्षा गरेकी छु,” मन्त्री रावलले भनिन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend