२०८३, आश्विन २६ गते

images
  • समाचार
  • आज पहाडी र हिमाली क्षेत्रमा वर्षा...

आज पहाडी र हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा मौसम सफा रहने

आज पहाडी र हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा मौसम सफा रहने

सोमवार, आश्विन २६ २०८३०७:२४
सोमवार, आश्विन २६ २०८३०७:२४
  • images

    काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव कायम रहेको छ ।

    जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका साथै कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा आंशिक बादली लागेको छ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

    आज दिउँसो देशका हिमाली र पहाडी भू–भागमा आंशिक बादली लाग्ने तथा तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कर्णाली प्रदेशका हिमाली र पहाडी भू–भागका थोरै स्थानमा तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

    राति भने देशको हिमाली भू–भागमा आंशिक बादली लाग्ने तथा पहाडी र तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । तराईका थोरै भू–भागमा बिहानपख हुस्सु लाग्ने सम्भावना छ । गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपात हुन सक्नेछ । कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू–भागका थोरै स्थान तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend