२०८३, आश्विन २५ गते

images
  • समाचार
  • साउदी अरबमा आक्रमणपछि हवाई सेवा प्रभावित,...

साउदी अरबमा आक्रमणपछि हवाई सेवा प्रभावित, हिमालय एयरलाइन्सले रोक्यो उडान

साउदी अरबमा आक्रमणपछि हवाई सेवा प्रभावित, हिमालय एयरलाइन्सले रोक्यो उडान

आइतवार, आश्विन २५ २०८३१२:५२
आइतवार, आश्विन २५ २०८३१२:५२
  • images

    काठमाडौँ । साउदी अरबको राजधानी रियादस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार भएको आक्रमणपछि हिमालय एयरलाइन्सले दमामको उडान रोकेको छ। एयरलाइन्सले सूचना जारी गर्दै आइतबार काठमाडौंबाट दमाम जाने र दमामबाट काठमाडौं आउने उडान रद्ध गरेको हो।इरान समर्थित हुथी विद्रोहीले तेस्रोपटक विमानस्थलमा आक्रमण गरेका हुन्।

    यो हमलालाई पछिल्लो एक दशकभन्दा बढी अवधिमा साउदी अरबमा भएको यो सबैभन्दा घातक आक्रमण भनिएको छ।आक्रमणको पूर्वचेतावनी नदिइएको र घाइतेलाई एम्बुलेन्स तथा हेलिकप्टरमार्फत अस्पताल पुर्‍याइएको अधिकारीहरूले बताएका छन्।

    रियादको विमानस्थलमा शनिबार हुथीले आक्रमण गर्दा कम्तीमा १२ जनाको मृत्यु भएको छ। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले साउदीको नागरिक उड्डयन प्राधिकरणलाई उद्धृत गर्दै आक्रमणमा परी कम्तिमा ३०९ जना घाइते भएको उल्लेख गरेको छ।

    मृत्यु हुनेहरूमा ४ जना साउदी नागरिक, बंगलादेशका दुई र अमेरिका, जोर्डन, प्यालेस्टाइन, सिरिया, सुडान तथा इजिप्टका एक–एक जना नागरिक रहेको प्राधिकरणले जनाएको छ।

    आक्रमणपछि रियाद विमानस्थल बन्द गरिएको थियो भने त्यहाँ अवतरण हुन लागेका जहाजहरूलाई अन्यत्र डाइभर्ट गरिएको थियो। ‍इरानमाथि अमेरिका र इजरायलले फेब्रुअरीमा सुरु गरेको युद्धको प्रभाव क्षेत्रीय द्वन्द्वमा फैलिँदै जाँदा हुथीले साउदी अरबमाथि आक्रमण तीव्र पारेका हुन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend