२०८३, आश्विन २३ गते

images

उपनिर्वाचनमा महिला उम्मेदवार बनाउन आयोगको निर्देशन

उपनिर्वाचनमा महिला उम्मेदवार बनाउन आयोगको निर्देशन

बिहिवार, कार्तिक १ २०८१०५:०३
बिहिवार, कार्तिक १ २०८१०५:०३
  • images

    काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको उपनिर्वाचनमा महिला उमेदवार रहने गरी मनोनयन पत्र दिन निर्देशन दिएको छ ।

    आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाले बिहीबार जारी गरेको विज्ञप्तिमा स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा १७ को उपदफा (४) बमोजिम उमेदवारको मनोनयन पत्र पेस गर्दा महिला उमेदवार रहने गरी मनोनयपत्र पेस गर्नुपर्ने उल्लेख छ । 
    “...उमेदवारी दिने राजनीतिक दलले महिला उमेदवार रहने गरी मनोनयन पत्र पेस गर्न उपनिर्वाचन प्रयोजनका लागि आयोगमा दर्ता भएका राजनीतिक दललाई स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६७ बमोजिम निर्देशन दिएको छ,” विज्ञप्तिमा भनिएको छ । 

    ऐनको उपददफा १७ को ४ मा अध्यक्ष र उपाध्यक्ष, प्रमुख र उपप्रमुख तथा जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुखमध्ये ५० प्रतिशत महिला उमेदवार रहने गरी मनोनयनपत्र पेस गर्ने व्यवस्था छ । “उपदफा (१) बमोजिम मनोनयनपत्र पेस गर्दा दलले अध्यक्ष र उपाध्यक्ष, प्रमुख र उपप्रमुख तथा जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुखमध्ये ५० प्रतिशत महिला उमेदवार रहने गरी मनोनयनपत्र पेस गर्ने व्यवस्था मिलाउनु पर्नेछ,” उपदफा ४ मा भनिएको छ । तर, दलले एकजना मात्र उमेदवारी दिएमा यो उपदफाको प्रावधान लागु नहुने उल्लेख छ ।

    मंसिर १६ गते स्थानीय तहका रिक्त पदमा उपनिर्वाचन हुँदै छ । त्यसका लागि मंसिर २ गते उमेदवारी दर्ताको कार्यक्रम छ ।

    aayog-nirachan.webp
    undefined

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend