२०८३, आश्विन २२ गते

images
  • राजनीति
  • एमालेको राष्ट्रिय कार्यकर्ता भेला मंसिर पहिलो...

एमालेको राष्ट्रिय कार्यकर्ता भेला मंसिर पहिलो साता, पालिका अधिवेशन पुस ४ गते

एमालेको राष्ट्रिय कार्यकर्ता भेला मंसिर पहिलो साता, पालिका अधिवेशन पुस ४ गते

बिहिवार, आश्विन २२ २०८३०५:०८
बिहिवार, आश्विन २२ २०८३०५:०८
  • images

    काठमाडौँ । नेकपा एमालेले आगामी मंसिर पहिलो साता काठमाडौंमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने निर्णय गरेको छ। बिहीबार बसेको स्थायी कमिटी बैठकले तल्लो तहका भेला तथा अधिवेशन सम्पन्न गरेपछि राष्ट्रिय कार्यकर्ता भेला गर्ने निर्णय गरेको हो।

    पार्टी सचिव महेश बस्नेतका अनुसार राष्ट्रिय भेलामा प्रदेश पदाधिकारी, जिल्ला पदाधिकारी, पालिका अध्यक्ष तथा उपाध्यक्षसँगै सङ्घ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि सहभागी हुनेछन्।

    बैठकले मंसिर २६ गते वडा अधिवेशन र पुस ४ गते पालिका अधिवेशन गर्ने निर्णयसमेत गरेको छ। वडा तथा पालिका अधिवेशनपछि प्रदेशस्तरीय भेला आयोजना गर्ने तयारी एमालेले गरेको बस्नेतले जानकारी दिए।

    स्थायी कमिटी बैठक शुक्रबार दिउँसो १ बजे पनि बस्नेछ।

    यसैबीच, आजको बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पनि सहभागी भएकी छन्। एमालेले उनलाई वरिष्ठ नेता मनोनित गरेपछि उनी पहिलोपटक स्थायी कमिटी बैठकमा सहभागी भएकी हुन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend