२०८३, आश्विन २३ गते

images
  • अटो
  • आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला,...

आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला, नयाँ बसपार्कमा यात्रुको भीड

आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला, नयाँ बसपार्कमा यात्रुको भीड

शुक्रवार, आश्विन २३ २०८३१०:१६
शुक्रवार, आश्विन २३ २०८३१०:१६
  • images

    काठमाडौँ । आजदेखि दशैँको अग्रिम टिकट बुकिङ खुल्ला भएको छ । आजदेखि औपचारिक रुपमा बुकिङ खुल्ला भएसँगै नयाँ बसपार्कमा टिकट लिन यात्रुहरुको भिड नै लागेको छ । 

    यातायात व्यवस्था विभाग, नेपाल प्रहरी र यातायात व्यवसायी तथा मजदुरबीच यही असोज २० गते मंगलबार विभागमा बसेको बैठकले असोज २३ गतेदेखि दशैंका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो ।

    buspark.jpeg

    केही जिल्लाका यात्रु भने विहीबार रातिदेखि नै टिकट लिन लाइनमा बसेका छन् । नयाँबसपार्क सञ्चालन गर्दै आएको लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक पंकज मल्लका अनुसार सुदूरपश्चिमका जिल्लाहरुका यात्रुहरु विहीबार राति ९ बजेदेखि नै टिकट काउन्टर अगाडि लाइन लागेका थिए ।

    buspark2.jpeg

    दशैंको अग्रिम टिकट बुकिङका लागि लोत्से बहुउद्देश्यीय प्रालिले नयाँ बसपार्क क्षेत्रमा १५ काउन्टर थप गरेको र आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको जनाएको छ ।

    buspark5.jpeg
    buspark4.jpeg

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend