२०८३, आश्विन ३० गते

images
  • राजनीति
  • मतदाता आकर्षित गर्न एमालेको नयाँ रणनीति,...

मतदाता आकर्षित गर्न एमालेको नयाँ रणनीति, ‘मिसन जागरण’ अभियान सञ्चालन

मतदाता आकर्षित गर्न एमालेको नयाँ रणनीति, ‘मिसन जागरण’ अभियान सञ्चालन

images
आइतवार, जेठ ३१ २०८३०९:५८
आइतवार, जेठ ३१ २०८३०९:५८
  • images

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले स्थानीय र प्रदेश तहको निर्वाचनलाई लक्ष्य गरेर केन्द्रीय सदस्यहरुलाई ‘मिसन जागरण’ का निम्ति परिचालन गरेको छ । 

    आगामी निर्वाचनमा पार्टीका पक्षमा मतदातालाई पार्न एमालेले सो अभियान सञ्चालन गर्न लागेको पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले जानकारी दिए ।

    जनतासँगको सम्बन्ध सुधारका लागि एमालेले ‘६ ज’ को नीति प्रस्तुत गर्दै ‘जनतामा जाऔँ, जनताका कुरा सुनौँ, जनप्रिय बनौँ, जनसङ्गठन परिचालन गरौँ, जबजलाई आत्मसात्  गरौँ र जनमत सर्वेक्षणका आधारमा समेत प्रत्येक तहमा प्रतिस्पर्धामा सफलता हासिल गर्न सक्ने योग्य र सक्षम नेतृत्व तयार गरौँ’ भन्ने आह्वानसहित कार्ययोजनाको विवरण पठाएको उनले जानकारी दिए । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend