२०८३, आश्विन ३० गते

images
  • राजनीति
  • गण्डकीमा चिनियाँ लगानी आकर्षित गर्न पहल,...

गण्डकीमा चिनियाँ लगानी आकर्षित गर्न पहल, मन्त्री रिमालसँग व्यवसायीको भेट

गण्डकीमा चिनियाँ लगानी आकर्षित गर्न पहल, मन्त्री रिमालसँग व्यवसायीको भेट

images
आइतवार, बैशाख १३ २०८३११:४५
आइतवार, बैशाख १३ २०८३११:४५
  • images

    काठमाडौँ । गण्डकी प्रदेश सरकारका उद्योग तथा पर्यटनमन्त्री यसोधा रिमालले प्रदेशमा उद्योग तथा पर्यटन क्षेत्रमा चिनियाँ लगानी भित्र्याउने उद्देश्यसहित चिनियाँ उद्योगी व्यवसायीसँग भेटवार्ता गरेकी छिन् । शनिबार पोखरास्थित ग्राण्ड होटेलमा भएको उक्त भेटमा दुवै पक्षबीच सहकार्यका सम्भावनाबारे विस्तृत छलफल भएको हो।

    भेटका क्रममा उद्योग तथा पर्यटन क्षेत्रका वर्तमान गतिविधि, आगामी योजना र देखिएका चुनौतीबारे खुला छलफल भएको मन्त्री रिमालले जानकारी दिईन । उनले गण्डकी प्रदेशलाई समृद्ध बनाउन उद्योग र पर्यटन क्षेत्रलाई मुख्य आधारका रूपमा विकास गर्न आवश्यक रहेको उल्लेख गर्दै विदेशी लगानीकर्तासँग सहकार्यलाई प्राथमिकता दिएको बताईन । 

    चिनियाँ व्यवसायीको टोलीको नेतृत्व गरेका वु चाओले आफू संलग्न विभिन्न परियोजना तथा नेपाल–चीन सहकार्यमा सञ्चालन भइरहेका कार्यक्रमबारे जानकारी गराउँदै भविष्यमा थप लगानी विस्तार गर्न इच्छुक रहेको धारणा राखे । उनले नेपाल, विशेषगरी पोखरा क्षेत्र, पर्यटन र उद्योग दुवैका लागि आकर्षक गन्तव्य रहेको बताए ।

    मन्त्री रिमालले पर्यटकीय राजधानीका रूपमा चिनिने पोखरामा चिनियाँ व्यवसायीलाई स्वागत गर्दै मन्त्रालयले अघि सारेका योजना र नीतिगत सुधारबारे पनि जानकारी गराएकी थिइन ्। उनले आपसी सहकार्य र समन्वयमार्फत गण्डकी प्रदेशमा नयाँ उद्योग स्थापना तथा पर्यटन प्रवर्द्धनमा उल्लेख्य प्रगति हासिल गर्न सकिने विश्वास व्यक्त गरेको मन्त्रीका स्वकिय सचिव अनुज अधिकारीले जानकारी दिए । 

    उनका अनुसार सो भेटघाटका क्रममा नेपाली र चिनियाँ व्यवसायीबीच अनुभव आदानप्रदानसमेत गरिएको थियो। दुवै पक्षले आगामी दिनमा ठोस परियोजनामा सहकार्य गर्ने समझदारी बनाउँदै लगानीमैत्री वातावरण निर्माणमा जोड दिएका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend