२०८३, आश्विन २९ गते

images

नेप्से ४.५६ अंकले बढ्यो, कारोबार रकम साढे ४ अर्ब नाघ्यो

नेप्से ४.५६ अंकले बढ्यो, कारोबार रकम साढे ४ अर्ब नाघ्यो

images
बिहिवार, आश्विन २९ २०८३०३:३३
बिहिवार, आश्विन २९ २०८३०३:३३
  • images

    बिहीबार सेयर बजार र कारोबार रकम दुबै बढेको छ । आज सेयर बजार मापक नेप्से परिसूचक ४.५६ अंक बढेर २६२५.८२ विन्दुमा पुगेको छ।

    सेयर बजारसंगै कारोबार रकम पनि आज बढेको छ ।

    अघिल्लो कारोबार दिन अर्थात बुधबार ४ अर्ब १३ करोड रुपैयाँबराबरको सेयर कारोबार भएको बजारमा आज ४ अर्ब ७१ करोड ७० लाख २८ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ ।

    आज कारोबारमा आएको १३ उपसमूहमध्ये ९ उपसमूहको परिसूचक बढेको छ भने चार उपसमूहको परिसूचक घटेको छ ।

    बेनी हाइड्रोपावर प्रोजेक्टको सेयर आज सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

    कारोबार रकमका आधारमा आज कुमारी बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको आज २३ करोड ६१ लाख ३१ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend