२०८३, आश्विन २९ गते

images
  • अटो
  • एक्साइड ब्याट्रीको ‘महा–एक्सचेन्ज धमाका’ अफर: ५०...

एक्साइड ब्याट्रीको ‘महा–एक्सचेन्ज धमाका’ अफर: ५० प्रतिशतसम्म छुट र क्यासब्याक जित्ने अवसर

एक्साइड ब्याट्रीको ‘महा–एक्सचेन्ज धमाका’ अफर: ५० प्रतिशतसम्म छुट र क्यासब्याक जित्ने अवसर

images
बिहिवार, आश्विन २९ २०८३०३:०८
बिहिवार, आश्विन २९ २०८३०३:०८
  • images

    काठमाडौँ । नेपालका लागि एक्साइड ब्याट्रीको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्राइभेट लिमिटेडले चाडपर्वको अवसरलाई लक्षित गर्दै ‘महा–एक्सचेन्ज धमाका’ योजना सार्वजनिक गरेको छ । सन् २०२६ अक्टोबर १ देखि नोभेम्बर ३० सम्म सञ्चालन हुने यस अफरमार्फत ग्राहकहरूले दसैँ तथा तिहारको पावन अवसरमा जुनसुकै ब्रान्डका पुराना ब्याट्रीसँग एक्साइड ब्याट्री साटफेर (एक्सचेन्ज) गर्न वा नयाँ खरिद गर्न सक्नेछन्। यसअन्तर्गत ग्राहकहरूले ५० प्रतिशतसम्मको विशेष छुट प्राप्त गर्न सक्नेछन् । 

    नेपालभर फैलिएको सिप्रदी एक्साइडको आधिकारिक बिक्री केन्द्र तथा रिटेलरहरूमार्फत ग्राहकहरूले यो सुविधा सहजै प्राप्त गर्न सक्नेछन् ।  यस योजनालाई थप आकर्षक बनाउन कम्पनीले क्यासब्याक र निःशुल्क सर्भिसिङको व्यवस्था पनि गरेको छ । योजना अवधिभर हरेक महिना लक्की ड्रमार्फत १५ जना ग्राहकहरूलाई ५० प्रतिशतसम्म क्यासब्याक जित्ने अवसर प्रदान गरिनेछ । यसका साथै, ग्राहकहरूले १ पटक निःशुल्क ब्याट्री चेक–अप तथा सर्भिसिङ सुविधा समेत प्राप्त गर्नेछन् । 

    यस महा(एक्सचेन्ज योजनामा सहभागिता जनाउनका लागि ग्राहकले नेपालभर रहेका सिप्रदी एक्साइडका आधिकारिक बिक्री केन्द्र तथा रिटेलरहरूबाट एक्साइड ब्याट्री खरिद वा एक्सचेन्ज गरेपछि सिप्रदी स्टार एप ९क्क्ष्एच्ब्म्क्ष् क्त्ब्च् ब्उउ० मार्फत पेपरलेस वारेन्टी दर्ता गर्नुपर्नेछ । वारेन्टी दर्ता गरेसँगै उनीहरू क्यासब्याक लक्की–ड्र मा स्वतः सहभागी हुनेछन् ।  यस योजनासम्बन्धी थप जानकारीका लागि कम्पनीको टोल फ्री नम्बरहरू १६६००१५५७७७ र ९८०१५७५७७७ तथा हटलाइन नम्बर ०१–५९७०३३९ मा सम्पर्क गर्न सकिनेछ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend