२०८३, आश्विन २८ गते

images
  • राजनीति
  • उज्यालो नेपाल पार्टीको घोषणापत्रः प्रत्यक्ष निर्वाचित...

उज्यालो नेपाल पार्टीको घोषणापत्रः प्रत्यक्ष निर्वाचित मुख्यमन्त्रीदेखि चीनमा विद्युत निर्यात बढाउनेसम्म

उज्यालो नेपाल पार्टीको घोषणापत्रः प्रत्यक्ष निर्वाचित मुख्यमन्त्रीदेखि चीनमा विद्युत निर्यात बढाउनेसम्म

images
आइतवार, फाल्गुण ३ २०८२०३:०१
आइतवार, फाल्गुण ३ २०८२०३:०१
  • images

    काठमाडौँ । उज्यालो नेपाल पार्टीले प्रतिनिधिसभा निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । आइतबार पत्रकार सम्मेलनका आयोजना गर्दै पार्टीका अध्यक्ष कुलमान घिसिङले सो सार्वजनिक गरेका हुन् । 

    उक्त घोषणापत्रमा शासन खर्च घटाउन प्रतिनिधिसभा सदस्य संख्या २७५ वाट २०१ र प्रदेशसभा ५५० बाट ३३० मा कटौती गर्ने, संघीय मन्त्तालय १५ र प्रदेश मन्त्रालय ५ देखि ७ मा सीमित गर्ने, राज्यमन्त्री तथा सहायकराज्यमन्त्री नराख्ने प्रस्ताव गरेको छ । यस्तै सो घोषणात्रिमा प्रदेशमा स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित मुख्यमन्त्रीको अवधारणसमेत समेटिएको छ । 

    सन् २०३०सम्म कुल गार्हस्थ उत्पादन ७० अर्ब अमेरिकी डलर र २०३५ सम्म १११ अर्ब अमेरिकी ठलर पुर्याउने, २०३५ सम्म नेपाललाई उच्च मध्यम आय भएको मुलुकमा रुपान्तरण गर्ने, निर्यातलाई २०३० मा १० अर्ब डलर र २०३५ सम्म २० अर्ब डलरसम्म विस्तार गर्ने, तथा प्रतिवर्ष करिब १० लाख थप रोजगारी सिर्जजा गर्ने लक्ष्य निर्धारिण गरिएको घोषणापत्रमा उल्लेख छ । 

    उर्जा क्षेत्रमा २०३० सम्म जलविद्युत उत्पादन १२ हजार मेगावाट र २०३५ सम्म २५ हजार मेगावाटट पुर्याई भारत, बंगलादेख र चीनतर्फ निर्यात वृद्धि गर्ने, साथै जलविद्युत, जडीबुटी, सिमेन्ट, पर्यटन र आईटीलाई प्राथमिकता प्राप्त क्षेत्रको रुपमा प्रवद्र्धन गर्ने उल्लेख छ । 

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend