२०८३, आश्विन २२ गते

images
  • कर्पोरेट
  • यती एयरलाइन्सले बोलायो साधारणसभा, प्रिमियममा आईपीओ...

यती एयरलाइन्सले बोलायो साधारणसभा, प्रिमियममा आईपीओ जारी गर्ने प्रस्ताव

यती एयरलाइन्सले बोलायो साधारणसभा, प्रिमियममा आईपीओ जारी गर्ने प्रस्ताव

आइतवार, आश्विन १२ २०८२०८:०७
आइतवार, आश्विन १२ २०८२०८:०७
  • images

    काठमाडौँ । यती एयरलाइन्सले यही असोज ३१ गते तिलगंगास्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा दिउँसो ३ बजे तेस्रो वार्षिक साधारणसभा बोलाएको छ।

    उक्त साधारणसभाले प्रिमियममा सर्वसाधारणलाई आईपीओ जारी गर्ने, अधिकृत तथा जारी पूँजी वृद्धि गर्ने र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ।

    यसका साथै गत आवको वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति गरेर निजको पारिश्रमिक निर्धारण गर्ने र कम्पनीको कार्य योजना पारित गर्ने प्रस्ताव पनि सभाका लागि तय गरिएका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend