२०८३, आश्विन २२ गते

images

बढ्यो सुनको मूल्य, चाँदीका घट्यो

बढ्यो सुनको मूल्य, चाँदीका घट्यो

बिहिवार, आश्विन २२ २०८३११:०२
बिहिवार, आश्विन २२ २०८३११:०२
  • images

    काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा वृद्धि भएको छ भने चाँदीको मूल्य भने सामान्य घटेको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेर दुई लाख ९२ हजार ८ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन बुधबार छापावाल सुन प्रतितोला दुई लाख ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

    यता चाँदीको मूल्य भने घटेको छ। बुधबार प्रतितोला चार हजार चार सय २५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार ३५ रुपैयाँले सस्तिएर प्रतितोला चार हजार तीन सय ९० रुपैयाँमा झरेको महासंघले जनाएको छ।

    अन्तर्राष्ट्रिय बजारमा हुने मूल्य फेरबदल र माग(आपूर्तिको अवस्थाअनुसार स्थानीय बजारमा दैनिक मूल्य निर्धारण हुने गर्दछ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend