काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगका सबै खेलमा डिसिजन रिभ्यु सिस्टम (डीआरएस) प्रविधि लागू गर्ने भएको छ।
क्यानका अनुसार डीआरएस लागू भएसँगै यसअघि सार्वजनिक गरिएको खेल तालिकामा समेत केही परिवर्तन गरिएको छ। नयाँ तालिकाअनुसार दैनिक दुई खेल हुने दिन पहिलो खेल दिउँसो १२:३० बजे र दोस्रो खेल साँझ ५ बजे सुरु हुनेछ।
त्यसैगरी, दैनिक एउटा मात्र खेल हुने दिन खेल साँझ ५ बजेबाट सुरु हुने क्यानले जनाएको छ।
एनपीएलका खेलहरू आगामी कात्तिक ९ गतेदेखि मङ्सिर ५ गतेसम्म ९अक्टोबर २६ देखि नोभेम्बर २१० कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुनेछन्।


