२०८३, आश्विन ३० गते

images
  • राजनीति
  • संसद् अधिवेशन तुरुन्त बोलाउन विपक्षीको माग,...

संसद् अधिवेशन तुरुन्त बोलाउन विपक्षीको माग, अध्यादेश फिर्ता गर्न दबाब

संसद् अधिवेशन तुरुन्त बोलाउन विपक्षीको माग, अध्यादेश फिर्ता गर्न दबाब

images
बुधवार, बैशाख १६ २०८३०३:०२
बुधवार, बैशाख १६ २०८३०३:०२
  • images

    काठमाडौँ । विपक्षी दलहरुले सङ्घीय संसद्को अधिवेशन अविलम्ब आह्वान गर्न सरकारसँग आग्रह गरेका छन् ।
     
    प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको अध्यक्षतामा आज बसेको बैठकले संवैधानिक परिषद्को काम कर्तव्य र अधिकारसम्बन्धी ऐन, २०६६ र सहकारी ऐन, २०७४ लाई संशोधन गर्नेसम्बन्धी अध्यादेश फिर्ता गरी सदनमा पेस गर्न आग्रह गरेको हो ।
     
    विपक्षी दलहरुको बैठकले संसद्को अधिवेशन आह्वान गरेलगत्तै स्थगन गरी अध्यादेश सिफारिस गरिनु संसदीय मूल्यमान्यताविपरीत रहेको ठहर गरेको कांग्रेस संसदीय दलका नेता आङ्देम्बेले जानकारी दिए । 
     
    बैठकमा नेपाल कम्युनिष्ट पार्टी ९एमाले० संसदीय दलका नेता रामबहादुर थापा, नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद सरस्वती लामा सहभागीता रहेको थियो । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend